सरकारी चिकित्सक सङ्घ नेपालको आन्दोलनमा आयुर्वेद चिकित्सक सङ्घको ऐक्यवद्धता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारी चिकित्सक सङ्घ नेपालको आन्दोलनमा आयुर्वेद चिकित्सक सङ्घको ऐक्यवद्धता


५ फाल्गुन २०७५, आइतबार


 काठमाडौँ ।  नेपाल आयुर्वेद चिकित्सक सङ्घले समायोजनलाई स्वैच्छिक बनाई सम्पूर्ण चिकित्सकलाई पुल दरबन्दीमा राखी सङ्घ तथा प्रदेशमा खटाउने र निश्चित अवधिमा सङ्घमा आउने बाटो खुल्ला राख्ने पूर्ववत् अडान कायमै रहेको जनाएको छ ।

सरकारी चिकित्सक सङ्घ नेपालको आन्दोलनमा ऐक्यवद्धता रहेको जनाउँदै आयुर्वेद चिकित्सक सङ्घले एक विज्ञप्ति जारी गर्दै भनेको छः समायोजनलाई स्वैच्छिक बनाई सम्पूर्ण चिकित्सकलाई पुल दरबन्दीमा राखी सङ्घ तथा प्रदेशका अस्पताल, स्वास्थ्य केन्द्रमा खटाउने र निश्चित अवधिमा सङ्घमा आउन बाटो खुल्ला राख्ने विषयमा यस सङ्घ अडिग रहेको साथै सरकारी चिकित्सक सङ्घ नेपालले २०७५र११र०५ गते घोषित आन्दोलनमा यस सङ्घको पनि ऐकबद्दता रहेको तथा यस सङ्घ आबद्ध साथीहरूको सक्रिय सहभागिताको लागि हार्दिक आव्हान समेत गर्दछौ ।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस