त्रिवि उपकुलपतिको कार्यालय घेर्ने सत्तारुढ विधार्थीको घोषणा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

त्रिवि उपकुलपतिको कार्यालय घेर्ने सत्तारुढ विधार्थीको घोषणा


५ फाल्गुन २०७५, आइतबार


काठमाडौं । स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै सत्तारुढ विद्यार्थीले त्रिवि उपकुलपतिको कार्यालय घेर्ने घोषणा गरेका छन् ।

स्वतन्त्र विद्यार्थी युनयिनको चुनावको मिति घोषणा गरी र्विाचनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै अखिल र अखिल (क्रान्तिकारी)ले आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

अनेरा स्ववियु अध्यक्ष नविना लामा र अनेरा स्ववियु (क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङले एक विज्ञप्ति प्रकाशित गर्दै भोली उपकुलपतिको कार्यालय घेर्ने बताएका छन् ।

यस्तै, मंगलबार देशभरका स्ववियु निर्वाचन हुने क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शन गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

त्रिविले यही फागुन १४ गते स्ववियु निर्वाचनको घोषणा गरेको थियो तर कार्यतालिका भने सार्वजनिकक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस