प्रहरीलाई घुस दिने ट्रिपर चालक पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रहरीलाई घुस दिने ट्रिपर चालक पक्राउ


५ फाल्गुन २०७५, आइतबार


पक्राउ

काठमाडौं । प्रहरीलाई घुस दिने ट्रिपर चालक पक्राउ परेका छन् ।

बल्खुस्थित प्रहरी चेकिङबाट बा ४ख६७७१ नम्बरको ट्रिपर र बा ३ ख ६५६८ नम्बरको ट्रिपर चालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–४ घर भई नख्खु बस्ने ओमबहादुर कार्की र लक्ष्य पन्त छन् ।

उनीहरुले सवारी चेकजाँचको क्रममा आवश्यक कागजात माग गर्दा कागजान नभएपछि पाँचसय रुपैयाँ घुस दिन खोजेको प्रहरी सहायक निरीक्षक धन सिंह ठकुरीले जानकारी दिए ।

पक्राउ गरिएका दुबै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस