ए जिन्दगी  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ए जिन्दगी 


४ फाल्गुन २०७५, शनिबार


जहाँ पायो त्यहिँ ठोकिन्छ जिन्दगी
जथाभावी त्यसै पोखिन्छ जिन्दगी

न  हिडछ भने जस्तो नत दगुर्छ जिन्दगी
कस्तो घर न घाट भयो यो  जिन्दगी

स्वाभिमानसँग सम्झौता गर्न नसकेर
आफैसँग हरपल झोकिन्छ जिन्दगी

चरित्र चपाउन खोज्ने कथित मित्रका माझ
भित्र भित्रै घरीघरि  नियम र नियतीले ठोकिन्छ जिन्दगी

कति गर्छस दुश्मनी अझ मैसँग ए जिन्दगी
अति हुँदा घरी घरी धोकिन्छ  जिन्दगी

प्रतिक्रिया दिनुहोस