स्वस्थ्य र अस्वस्थ्य « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्वस्थ्य र अस्वस्थ्य


४ फाल्गुन २०७५, शनिबार


स्वस्थ हुने काम कति गाह्रो छ
मन मात्रै स्वस्थ भएर नहुने

यहाँ,
हिमाललाई हिउँ अठ्याएर
राखिरहन जस्तो
सगरमाथा आफ्नो उचाइमा
रहिरहन जस्तो
स्वस्थ हुने आशा काँडा र फूलजस्तै

किनकी,
काम गर्ने, काम लिने
आफ्नै रटानमा, आफ्नै पीडामा
अलि पर पुगेर हेर्ने हो भने,
आफ्नै स्वार्थमा ।

म मात्रै स्वस्थ बनेर
तपाई अस्वस्थ्य हुनुभयो भने
व्यक्ति मात्रै स्वस्थ्य बनेर
समाज अस्वस्थ्य भयो भने

हामी मात्रै स्वस्थ्य बनेर
देश अस्वस्थ्य भयो भने
नीति मात्रै स्वस्थ्य बनेर
प्रणाली अस्वस्थ्य भयो भने

राज्य मात्रै स्वस्थ्य बनेर
राष्ट्र अस्वस्थ्य भयो भने

साच्चैं,
सोचेभन्दा फरक हुन्छ
आकाश पाताल हुन्छ
व्यवस्था अव्यवस्था हुन्छ
समान असमान हुन्छ
स्वस्थ्य अस्वस्थ्य हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस