अब देशमा भूमिहीन रहँदैनन् : मन्त्री अर्याल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अब देशमा भूमिहीन रहँदैनन् : मन्त्री अर्याल


४ फाल्गुन २०७५, शनिबार


मालपोत

जीतपुर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अब देशमा भूमिहीन नरहने बताएकी छन् ।

कपिलवस्तुमा ‘दोस्रो बुद्धभूमि कृषि, व्यापारिक, सांस्कृतिक पर्यटन तथा औद्योगिक प्रदर्शनी’को उद्घाटन कार्यक्रममा मन्त्री अर्यालले जनताले सरकारको कामलाई जाँच गरिरहेको बताइन्। उनले १६५ कानून सङ्घीयतासँग जोडेर निर्माण गर्नु भनेको सानो कुरा नभएको र सरकार सङ्घीय संरचनामा गएकाले नयाँ अभ्यासमा केही समय खर्च भएको बताइन् । दिगो विकास, समृद्धिसँग जोडेर धेरै महत्वपूर्ण कार्यक्रम सरकारले घोषणा गरेको मन्त्री अर्यालको भनाइ थियो । संविधानमा लेखिएका कुरा जनताले उपभोग गर्न पाउने वर्षका रुपमा सरकारले अगाडि बढाएको उनले बताइन् ।

‘कृषि, उद्यम, व्यापार, पर्यटन, संस्कृति र स्वरोजगार आत्मनिर्भर सीपयुक्त सबल र समृद्ध नगर’ नाराका साथ औद्योगिक प्रदर्शनी शुरु भएको हो । ‘युथ एलाइन्स फर चेञ्ज’ नामक संस्थाले स्थानीयस्तरमा उत्पादित सामग्रीको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस