अस्तित्व « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अस्तित्व


प्रशासन विशेष ब्युरो

४ फाल्गुन २०७५, शनिबार


बगरबाट टपक्क टिपेर चुईचुईती पसिना काढ्दै
पिठ्युँमा बोकेर ल्यायो कसैले सुन्दर मूर्ती बनाउन
छिनो र हथौडाको प्रहार र कोतराइका
अखङ्ख्य कोत्रा र छिद्रहरूले तन भरिएपछि
बगरको ढुङ्गा ईश्वरको प्रतीक मूर्ती बनेछ !

ढुङ्गा ईश्वर बनेपछि पुजा अर्चना चल्न थालेपछि
दर्शन गर्न सम्म पनि नियमका सीमारेखा कोरिने
यो कस्तो थिति या विडम्बना हो दुनियाँको खै
जसको पसिना लत्पतिदै पिठ्युँमा बोकिएर आएथ्यो
उसैले पुज्न सम्म वर्जित बन्नु पर्ने नियम पो बनेछ !!

पर्व छन् दिनदिनै विशेष दिन छन् यहाँ विशेषहरूका
सजिसजाउ छन् तन झकिझकाउ छन् वदन तर
मनहरू अक्सर द्वेष र क्लेषले भरिभराउ छन् ,
सङ्गै बस्न पाएन कालिगड त्यो लाममा किन हो कुन्नि
उसैको थुक र पसिना मिश्रित कला पो पूज्य बनेछ !!

गुन्जियो उसै बेला बेतार्को पनि ऊर्जाशील धुन लिएर
भक्तिभाबले ओतप्रोत हुँदै झुके कलाका पारखीहरू
बज्यो मालश्री,नगरा चोखिए ईश्वरका सारा दोषहरू
छिटियो उसैको पौरखबाट सुन पानी पुजाकोठामा
पुजियो उही कर्म पुजिएनन् कर्ता कस्तो शास्त्र बनेछ !!

प्रतिक्रिया दिनुहोस