पुरानो कोट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पुरानो कोट


४ फाल्गुन २०७५, शनिबार


कमरेडको कोटको दायाँ खल्तीमा
भेटिन्थ्यो रम्तेलको कन्काल ।
जसको खुरभित्र
टनाटन हुन्थ्यो मासीको सट्टा
थवाङे जनताहरुको सपनाहरुको भ्रुण ।

कोटको बायाँ खल्तीमा
भेटिन्थ्यो इच्छुकको कबिता
जहाँ,
कैद थियो मजदुरको हथौडा
अनि
किसानको हसिया ।

हिजो एक्कसी भेटियो त्यही कोट
सिंहदरबारको गेटमा
जसको कलरमा लेखिएको थियो
लिलामीको कोट

सायद नोटको होडमा कमरेडले नयाँ कोट किन्नुभयो ।

थाहा छैन नयाँ कोटको खल्ती
खाली छ या भरी ।

Tags :
प्रतिक्रिया दिनुहोस