सरकारले उखुको मूल्य निर्धाण गर्न सांसदको माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारले उखुको मूल्य निर्धाण गर्न सांसदको माग


प्रशासन संवाददाता

३ फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । राष्ट्रियसभाका सांसदले सरकारले उखुको मूल्य निर्धारण गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदले सरकारले समयमै उखुको उचित मूल्य नतोक्दा किसान मर्कामा परेको भन्दै जतिसक्दो चाँडो मूल्य निर्धारण गर्नुपर्ने माग गरेका हुन् ।

सांसद बलरामप्रसाद बाँस्कोटाले कृषि र उद्योग मन्त्रालयबीच समन्वय नहुँदा देशभरका उखु किसान मर्कामा परेको भन्दै समन्वयका साथ अगाडि बढ्न आग्रह गरे। सांसद धनकुमारी खतिवडाले भूकम्प गएको चार वर्ष वितिसक्दासमेत भूकम्प प्रभावित जिल्लाका जनता अहिलेसम्म पनि त्रिपालमुखी बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रकाश पन्थले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च अधिकारी नै भ्रष्टाचारमा संलग्न भएको भन्दै भ्रष्टाचार अन्त्य गरिनुपर्नेमा जोड दिए । सांसद नन्द चर्पाइंले सुर्खेत जिल्लाका ग्रामीण स्थानमा अहिलेसम्म पनि बाटो पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस