पाठकको नाम आयुक्तको सूचीबाट हट्यो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पाठकको नाम आयुक्तको सूचीबाट हट्यो


प्रशासन संवाददाता

३ फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको नाम आयुक्तको सूचीबाट हटाइएको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालले पाठकलाई आयुक्तको सूचीबाट हटाइएको जानकारी दिए । आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएपछि आयुक्त पाठकले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका थिए ।

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आयोगका आयुक्त पाठकले आजदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस