भ्रष्टाचारीलाई जोगाउन सरकारले समिति गठन गरेको श्रेष्ठको आरोप « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भ्रष्टाचारीलाई जोगाउन सरकारले समिति गठन गरेको श्रेष्ठको आरोप


प्रशासन संवाददाता

३ फाल्गुन २०७५, शुक्रबार


स्याङ्जा । पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाएका छन् ।

सरकारले वाइडबडी विमान खरीद प्रकरणका दोषीलाई जोगाउनकै लागि छानबिन समिति गठन गरेको बताए ।

वालिङ उद्योग वाणिज्य संघद्वारा आयोजित सातौँ महोत्सवको समापन समारोहमा श्रेष्ठले भने,’कम्युनिष्ट सरकार गठन भएको एक वर्ष भयो, मुलुकमा महँगी र भ्रष्टाचार दिनानुदिन बढ्दै गएको छ, सरकारले ठूला माछा समाउन सकेको छैन ।’

निर्वाचनमा कांगेस पराजित हुनुको कारण कसैलाई दोष नलगाउने भन्दै उनले भने, ‘आफ्नैका कारण हार बेहोर्नुप¥यो ।’ काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाल समृद्धिको नाममा छट्पटाइरहेको बताए ।

महोत्सव अवधिभर पाँच लाख बढी दर्शकले अवलोकन गरेका छन् भने रु २० करोड बढीको आर्थिक कारोवार भएको संघका अध्यक्ष एवं आयोजक मूलसमिति संयोजक शोभाकान्त पौडेलले जानकारी दिए । माघ १७ गतेदेखि शुरु भएको महोत्सव माघ २८ गतेसम्मका लागि आयोजना गरिए पनि वर्षाका कारण दुई दिन स्थगन हँदै तीन दिन थप गरी शुक्रबार समापन गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस