प्रधानमन्त्रीद्वारा राष्ट्रवासीलाई सम्बोधन-समृद्ध नेपाल निर्माणको तुफानी अभियानमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीद्वारा राष्ट्रवासीलाई सम्बोधन-समृद्ध नेपाल निर्माणको तुफानी अभियानमा


२ फाल्गुन २०७५, बिहिबार


 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले एक वर्षमा इतिहासमा कहिल्यै नभएको गतिमा काम गरेको दाबी गरेका छन् ।

बिहीबार दिउँसो देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको एक वर्षे प्रगतिको फेहरिस्त सुनाएका हुन् ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा साकार पार्न सरकार केन्द्रित भएको बताउँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणको तुफानी अभियानमा इमान र निष्ठाको सहाराले अवरोध भत्काउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यभार सम्हालेको पहिलो वर्षलाई संरचनागत व्यवस्थापनको वर्षको रूपमा उल्लेख गर्दै उनले भने,’यो वर्षलाई मैले आगामी पाँच वर्षको मात्रै नभई भविष्यको पनि आधार वर्ष भनेको हुँ ।

आज गरिने काम भविष्यका लागि आधार हो ।’ कानुन निर्माण यस वर्षको अर्को आधार भएको उल्लेख गर्दै उनले छिमेक तथा परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति भएको बताए ।

हेर्नुहोस् पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस