बिहेमा यस्तो देखिए वर्षा र संजोग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बिहेमा यस्तो देखिए वर्षा र संजोग


२ फाल्गुन २०७५, बिहिबार


काठमाडौं  ।  नायक संजोग कोइराला र नायिका बर्षा राउत आज बैबाहिक जीवनमा बाधिएका छन् ।

लामो समयदेखी प्रेम सम्बधमा रहदै आएका अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइरालाको बिवाह सम्पन्न भएको छ ।

पारिवारिक सदस्यको उपस्थितिमा केहि दिन अघि मात्र ‘इन्गेजमेन्ट गरेका यी प्रेमिल जोडीले आज प्रेम दिवसको अवसर पारेर हिन्दू परम्परा अनुसार विवाह गरेका हुन्।

बिवाहको फोटो अफिसियल रुपमा सार्वजनिक गरेका यी जोडीलाई निकै खुशी देखिनुका साथै दुलहाको पहिरनमा संजोग निकै आकर्षक देखिएका छन्। त्यस्तै दुलहीको पहिरनमा बर्षा निकै राम्री देखिएकी छिन् ।

प्रेम दिवशको दिन पारेर विवाह गरेका यी जोडीको रिसेप्सन पार्टी भने भोलि हुनेछ । बर्षा चलचित्र अभिनयमा सक्रिय रहेकी छिन् भने सन्जोग चलचित्र संगै व्यावसायमा सक्रिय रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस