कञ्चनपुरमा ८९४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कञ्चनपुरमा ८९४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा


२ फाल्गुन २०७५, बिहिबार


कञ्चनपुर । कञ्चनपुरमा ८९४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । वन क्षेत्रलाई अतिक्रमण गरी निकुञ्जबाट विस्थापित, नदी तथा बाढीपीडित, स्थानीय बासिन्दा तथा सुकुम्बासीहरूले कृषि क्षेत्र र बसोबासका लागि प्रयोग गरेका छन् ।

अतिक्रमित जमीनलाई खाली गराउने काम भइरहेको जिल्ला वन कार्यालयका सूचना अधिकारी गोपालदत्त जोशीले जानकारी दिए । कार्यालयले उपलब्ध गराएको विवरणअनुसार जिल्लाभर अतिक्रमण गरिएको तीन हजार एक सय ९५ हेक्टर वन क्षेत्रमध्ये अतिक्रमण हटाएर ८९४ हेक्टरमा झारिएको छ ।

भीमदत्त नगरपालिकामा २०१.६२ हेक्टर, वेदकोटमा ६३३.१५ हेक्टर, शुक्लाफाँटा नगरपालिकामा ७९.९७ हेक्टर, लालझाडी गाउँपालिकामा ३१.२१ हेक्टर, कृष्णपुर नगरपालिकामा एक हजार हेक्टर र बेलौरी नगरपालिकामा १३ हेक्टर वन अतिक्रमण गरिएको छ ।

अतिक्रमित वन क्षेत्रमध्ये हालसम्म जम्मा २३०० हेक्टर वन क्षेत्र खाली गराइ सकिएको कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ ।

विभिन्न क्षेत्रमा वन अतिक्रमण गरी बनाइएका घरटहरा र खेतीयोग्य जमीन गरेर उक्त वन क्षेत्र खाली गरिएको हो जसमा २२१८ घरटहरा र खेतीयोग्य जमीन गरेर २३०० हेक्टर वन क्षेत्र खाली गरिएको छ ।

कार्यालयमा रहेको विवरणअनुसार हालसम्म कञ्चनपुरमा सामुदायिक र निजी गरेर जम्मा ३०९ वन दर्ता गरिएका छन् जसमा १३१ सामुदायिक र १७८ निजी वन छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस