प्रधानमन्त्रीले गरे नेपाल पानी जहाज कार्यालयको उद्घाटन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीले गरे नेपाल पानी जहाज कार्यालयको उद्घाटन


२ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् ।

एक समारोहकाबीच प्रधानमन्त्री ओलीले आज एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए । सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने भन्दै उनले नेपाल जस्तो भुपरिवेष्टित राष्ट्रका लागि यो गौरवको कुरा भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले पानीजहाजको कुरा गर्दा खाल्डोमा कागजको जहाज बनाएर उल्लाईयो जसले हामीलाई अझ काम गर्ने जोश आयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस