श्रेया कार्की अभिनित ‘बादल’को भिडियो आउदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

श्रेया कार्की अभिनित ‘बादल’को भिडियो आउदै


प्रशासन संवाददाता

१ फाल्गुन २०७५, बुधबार


काठमाडौं । आखिर चाहेमा गर्न नसकिने भन्ने के छ र ? मान्छेमा सबैभन्दा ठूलो कुरा इच्छाशक्ति र आत्मबिस्वास हो ।

गायक संजीव खरेललाई सानै देखि गीत संगीतमा रुचि थियो । कला , साहित्य , संगीतलाई केवल मनोरञ्जन मात्रै सम्झिने हाम्रो नेपाली समाजमा त्यो बेला उनले प्रोत्साहन नपाएर औपचारिक संगीत अध्यन गर्न पाएनन् ।

स्कुल र कलेजका कार्यक्रममा आफ्नो प्रस्तुति दिएर संगीतको तिर्खा मेट्ने प्रयास गरेका यी गायक सन २००९ मा उच्च शिक्षाका लागि अस्ट्रेलिया आए। प्रविधिले सबैकुरा सम्भव बनाएको आजको समयमा उनको साथी बनेको छ युटुव । सुन्दै सिक्दै अघि बढिरहेका यी गायकले यसअघि आफ्नो पहिलो गीत ‘तिम्रो मायामा’ सार्वजनिक गरिसकेका छन्।

२ वर्ष पछी उनी आफ्नो नयाँ गीत  ‘बादल’ लिएर सोर्ता माझ आउने भएका छन्। यस गीतमा उनको आफ्नै एकल स्वर, शब्द र संगीत रहेको छ । यस गीतको एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन् । रमाइलो ठाउँमा शुट गरिएको गीतको भिडियोलाई बुद्ध लामाले खिचेको हुन भने सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका हुन्।

श्रेया कार्की र अनुराग ठकुरीको अभिनय रहेको यस गीतको भिडियोलाई अन्नपूर्ण फिल्म्स को टिमले निर्देशन गरेको हो। गीतको भिडियो मार्च १ तारिख गायक संजीव खरेलको अफिसिएल युटुब च्यानल मार्फत रिलिज हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस