१२ एसपीको काज सरुवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१२ एसपीको काज सरुवा


१ फाल्गुन २०७५, बुधबार


काठमाडौं । १२ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै १२ जना एसपीको काज सरुवा गरेको हो ।

सूचीअनुसार एसपी केदार ढकाल जिल्ला प्रहरी कार्यालय रौतहटबाट महानगरीय प्रहरी अपराध महाशाखामा, एसपी दीपकराज खरेललाई विशेष व्युरोबाट सशस्त्र प्रहरी गण नम्बर १ नक्साल, मुकेश सिंहलाई दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर, योगबहादुर पाललाई क्षेत्रीय ट्राफिक कार्यालय पथलैया बारामा काज सरुवा गरिएको छ।

त्यस्तै, गोपाल भन्द्र भट्टराईलाई जिल्ला प्रहरी कार्यालय सर्लाही, कुवेर कडायतलाई महानगरीय प्रहरी पहरा गण सामाखुसी, दिनेशराज मैनालीलाई जिल्ला प्रहरी कार्यालय झापा, कृष्णहरि शर्मा पोख्रेललाई जिल्ला प्रहरी कार्यालय बागलुङ, दिनेशकुमार आचार्य जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, भुपेन्द्रबहादुर खत्री जिल्ला प्रहरी कार्यालय रौतहट, दीपक रेग्मी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागञ्ज र ध्रुवराज राउतलाई दंगा नियन्त्रण प्रहरी गण हेटौंडा सरुवा गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस