कृषकलाई दश हजार बोट स्याउ निःशुल्क « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कृषकलाई दश हजार बोट स्याउ निःशुल्क


१ फाल्गुन २०७५, बुधबार


हुम्ला । सिमकोट गाउँपालिकाले कृषकलाई निःशुल्क रुपमा स्याउ र ओखरका बोट वितरण गरेको छ ।

जिल्ला सदरमुकाममै रहेको सिमकोट गाउँपालिकाले मङ्गलबार कृषकलाई स्याउ बोट वितरण गरेको छ । जिल्लामा स्याउ, ओखर लगाउने सिजन शुरु भएसँगै किसानलाई स्याउ, ओखरमा आत्मनिर्भर बनाउनका लागि बोट वितरण कार्य शुरु गरेको सिमकोट गाउँपालिका कृषि शाखा प्रमुख नेत्रबहादुर शाहीले बताए।

सिमकोट गाउँपालिका बागवानीअन्तर्गत वडा नं १ देखि ८ सम्मका कृषकलाई दश हजार स्याउका बोेट, दुई हजार चालिस ओखरका बोट वितरण गरिएको कृषि शाखा प्रमुख शाहीले बताए । सिमकोट गाउँपालिकाभित्र रहेको १७ हजार हेक्टर क्षेत्रफलका लागि स्याउ, ओखर वितरण गरिएको हो ।

सिमकोट गाउँपालिकाले निवेदनका आधारमा आफ्ना वडाभित्रका स्याउ खेती गर्ने कृषकलाई कृषकलक्षित कार्यक्रम अगाडि बढाएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस