आइजीपी र मुख्य अनुसन्धान निर्देशक भारत उडे « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आइजीपी र मुख्य अनुसन्धान निर्देशक भारत उडे


प्रशासन विशेष ब्युरो

२९ माघ २०७५, मंगलबार


काठमाडौँ । नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख आज(मङ्गलवार) साँझ भारततर्फ लागेका छन् ।

प्रहरी महानिरीक्षक(आइजीपी) सर्वेन्द्र खनाल र राअविका प्रमुख मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी फागुन १ र २ गते हुने आतङ्कवाद नियन्त्रण सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी हुन त्यसफर्त लागेका हुन् ।

विभिन्न देशका सुरक्षा अधिकारीहरूबिच आतङ्कवादको चुनौतीबारे छलफल हुने गोष्ठीमा अन्तर्राष्ट्रिय स्तरमा सुरक्षासम्बन्धी सम्बन्ध विस्तार हुने र नेपालको आन्तरिक सुरक्षा संवेदनशीलताका विषयमा विश्लेषण गर्न सहयोग पुग्ने विश्वास गरिएको अधिकारीहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस