थम र हिमांशुको जोडी फाईनलमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

थम र हिमांशुको जोडी फाईनलमा


२९ माघ २०७५, मंगलबार


देउराली क्लबका थम राना र हिमांशु श्रेष्ठको जोडी नवौं बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिता २०७३ को फाईनलमा प्रवेश गरेका छन् । मंगलबार भएको सेमिफाईनल खेलमा राना र श्रेष्ठको जोडी कम्प्लिट हेल्थ क्लबका पेम्बा शेर्पा र लोक लामाको जोडीलाई २२ . २०, २१ .१६ को सोझो सेटमा पाखा लगाउँदै उपाधी निकट पुगेका हुन् । अव उपाधिका लागि राना र श्रेष्ठको जोडीलो तीनचुली ब्याडमिन्टन क्लबका अभिषेक गुरुङ्ग र आकाश छन्त्यालको जोडी संग प्रतिस्पर्धा गर्ने छ ।

भिमसेनगोलास्थित किङ्ग कम स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगिताको अर्को सेमिफाईनलमा तीनचुलीका अभिषेक र आकाशको जोडीले ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भूवन गुरुङ्गको जोडीमाथि २१ . १९, २१ . ९ को जित निकाल्दै उपाधी निकट पुगेको प्रतियोगिता संयोजक एवं नेपाल ब्याडमिन्टन संघका सचिव नविन बिक्रम शाहले जानकारी गराए ।
शाहका अनुसार प्रतियोगिताको फाईनल बुधबार बिहान ८ : ०० बजे हुने छ भने पुरस्कार वितरण तथा समापन कार्यक्रम फागुन ४ गते शनिबार हुने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस