६ सय ६२ सहसचिवको समायोजन(सूचीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

६ सय ६२ सहसचिवको समायोजन(सूचीसहित)


२९ माघ २०७५, मंगलबार


समायोजन

काठमाडौं । सरकारले ६  सय ६२ सहसचिवको समायोजन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिब एबं प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश-२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६ सय ६२ सहसचिवलाई समायोजन गरिएको बताए ।

उनले ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको बताए । उनका अनुसार आवेदन दिएको आधारमा संघमा ५ सय ६० र प्रदेशमा १ सय २ सहसचिवको समायोजन गरिएको बताए।

यसअघि सरकारले ५६ जना सचिव र ८ सय ४८ उपसचिवको समायोजन गरिसकेको छ । समायोजन गरिएका सहसचिवको समायोजनको पत्र तयार भइरहेको र चाँडै नै समायोजनको पत्र मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले दिने जानकारी गराए ।

सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो ।

सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ ।

सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्दैछ ।

हेर्नुस सुची

 

 

Tags :
प्रतिक्रिया दिनुहोस