कर्मचारी समायोजनमा मैले नबुझेको कुरा ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्मचारी समायोजनमा मैले नबुझेको कुरा !


रेवति रमण ज्ञावाली

२९ माघ २०७५, मंगलबार


समायोजन

समायोजन के को लागि र कसका लागि ? प्रदेश तथा स्थानीय निकायमा कर्मचारी काम गर्न गएनन् भनेर दोष लगाई समायोजन अध्यादेश ल्याइयो । केन्द्रमा बसेर ऐन कानुन बनाउने हैसियत भएका प्रशासकहरू जो आफू कार्यरत सेवा भन्दा फरक सेवा समूहका कर्मचारीलाई कुदृष्टीले हेर्न रुचाउने सचिव, सह-सचिव र उप-सचिव को त समायोजन भई सक्यो भनेर समाचार आयो र रोजाई पनि देखियो ।

शाखा अधिकृतहरूको पनि रोजाई सोही अनुरूप नै रहेको भन्ने समाचार पनि बाहिर आई नै सक्यो । यसरी प्रशासन सेवा तर्फका राजपत्रांकित कर्मचारीहरू र ट्रेड युनियन का नेता भनाउदाहरुको डिजाइन बमोजिम ल्याइएको समायोजन अध्यादेश लाई आँखा चिम्लेर, विना छलफल ,पछि आउने असरहरूको कुनै ख्याल नै नगरी अगाडी बढाउने माननीय मन्त्री ज्यू र ताली बजाई पास गर्ने हाम्रा सभासद्हरू । जबकि अहिले सम्म प्रदेश स्तरका कुन कुन कार्यालयमा कुन–कुन पदमा कति–कति दरबन्दी छ ? थाहा पाउन अझै पनि सकिएको छैन । यसरी दरबन्दी लुकाउनुको अर्थ ट्रेड युनियनका नेता र उच्च प्रशासक को मिलोमोतोमा आफ्नालाई सुरक्षित ठाउँ राखिएको छर्लङ्ग हुन्छ ।

खैत ट्रेड युनियनका नेताहरू तै चुप मै चुप । किनकि अध्यादेश आउनु भन्दा २/४ दिन अगावै आफ्ना आफ्नालाई कार्यालय रोजेर सरुवा गराइयो । अहिले आएर सङ्घमा समायोजन भएता पनि तत्कालको लागि कार्यरत कार्यालय छोड्नु नपर्ने निर्णय पनि भई सक्यो । समायोजनको रहस्य के रहेछ त भन्ने हामी सबैलाई थाहा भएन र !

यदि स्वच्छ तरिकाले समायोजन ल्याइएको भए सबै कार्यालय रोज्न पाउनु पर्ने तथा सङ्घ र प्रदेशमा समायोजन हुने कर्मचारी पनि जेष्ठताक कै आधारमा आफूले रोजेको कार्यालयमा जान पाउनु पर्ने होइन ? । किन सङ्घमा र प्रदेशमा समायोजन हुने कर्मचारीलाई कार्यालय रोजाइएन ? किनकि त्यहाँका कार्यालयमा त आ-आफ्नालाई कार्यालय रोजेर सरुवा पहिले नै गराई सकिएको छ के यही हो त हाम्रो सङ्घीयता माननीय मन्त्री ज्यू ? माननीय मन्त्री ज्यू लाई पनि हाम्रा प्रशासकहरूका लेखाइका शब्दहरू चिप्लीएका त होइनन् कतै ।

अब आएर समायोजन हुने भनेका प्रशासन सेवा तर्फका राजपत्र अनंकित सुब्बा खरिदार र अन्य सेवा तर्फका कर्मचारीहरू मात्र प्रदेश र स्थानीय तहमा समायोजन हुनुपर्ने त पक्का नै भई सक्यो । यो एउटा गाउँ पालीकाको दरबन्दी तेरीज हेरौँ त ।

यसमा मैले नबुझेको कुरा :
१. यस गाउँपालीकामा प्रमुख प्रशासकीय अधिकृत ८ ‌औं तह को राखिएको छ । गाउँपालीकामा प्रमुख प्रशासकीय अधिकृत सङ्घ को शाखाअधिकृत राजपत्रांकित तृतीय श्रेणी को पठाउने रे । अब त्यस गाउँपालिकामा अन्य सेवाका आठौँ तहमा समायोजन भएर गएका कर्मचारीहरू आफूभन्दा जुनियर शाखा अधिकृतको नेतृत्वमा काम गर्नु पर्ने के यस्तो नियमले कर्मचारीलाई काम गर्ने वातावरण मिल्ला ?

२. स्थानीय तहको कुनै माया ममता नभएको र आफूले घृणा अथवा अवहेलना गरी समायोजन हुँदा नरोजेको स्थानीय तहमा सङ्घबाट गएको एउटा निरीह कर्मचारीले कसको सहयोगमा त्यहाँको प्रमुख भएर कसरी कस्तो काम गर्ला ?

३. अहिले सङ्क्रमण कालको लागि व्यवस्था गरिएको भएता पनि पछि त्यहाँको दरबन्दी कसरी पूर्ति गरिन्छ ? के १२ औँ तह सम्मका सबै पदमा खुला बाट पदपूर्ति गर्न मिल्छ वा मिल्दैन ? किनकि प्रशासन तर्फका राजपत्रांङ्कीत कर्मचारीहरूले त स्थानीय तहमा समायोजन हुनु भएन ।

Tags :
प्रतिक्रिया दिनुहोस