व्यावसायिक योजनाबिना सञ्चारमाध्यम खोल्नु ठीक हैन : महानिर्देशक घिमिरे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

व्यावसायिक योजनाबिना सञ्चारमाध्यम खोल्नु ठीक हैन : महानिर्देशक घिमिरे


२९ माघ २०७५, मंगलबार


खोटाङ । सूचना तथा प्रसारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेले व्यावसायिक योजनाबिना सञ्चारमाध्यम खोल्ने होड चलेको बताएका छन् ।

एक कार्यक्रममा महानिर्देशक घिमिरेले व्यावसायिक योजना बनाएर भन्दा पनि रहर, लहर र ‘आइडोलोजी’का आधारमा सञ्चारमाध्यम खोल्ने तीव्रताले सञ्चालनको केही समयमै बन्द हुने अवस्थामा पुग्ने गरेको बताए । नेपाली पत्रकारितामा अस्वस्थ प्रतिस्पर्धा र ‘हुवहु’को समस्या बढी देखिएको उनको भनाइ थियो ।

पत्रकार बीमा कार्यक्रममा न्यून पत्रकारको सहभागिता रहेकाले सबैलाई बीमा गर्न उनले आह्वान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस