नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए राजीनामा


प्रशासन संवाददाता

२८ माघ २०७५, सोमबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर अध्यक्ष महरले राजीनामा दिएका हुन् । उनले राजीनामा पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।

पार्टी नेताहरुबाट आएको ‘प्रेसर’ थेग्न नसकेपछि अध्यक्ष महरले राजीनामा दिएका हुन् । नेविसंघकै विषयमा पार्टीभित्र नेताहरुका बीचमा ‘द्वन्द्व’ देखिएपछि उनले राजीनामा गरेर मार्गप्रसस्त गरेका हुन् । उनले राजीनामा दिनु अगाडि नेविसंघ केन्द्रीय कार्यसमितिमा रहेका विद्यार्थी नेताहरुसँग छलफल गरेका थिए ।

उनले महाधिवेशन गर्ने वातावरण नभएको बताएका थिए ।

नेविसंघको विधान संशोधन गरेर थपिएको पाँच महिनाका समयावधी माघ २ गते पूरा भैसकेको थियो । तर पार्टीले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिले गर्ने निर्णय बमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखेको थियो ।

राजीनामा दिँदै महरले महाधिवेसन सम्पन गराउन तत्काल तदर्थ समिति गठन गर्नुपर्ने बताए । यता, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कसको नेतृत्वमा तदर्थ समिति बन्छ अहिलेनै भन्न नसकिने स्पष्ट पारे ।

 

Tags :
प्रतिक्रिया दिनुहोस