काठमाडौं । ललितपुरको नख्खुमा रहेको एक कार्पेट गोदाममा आगलागी भएको छ।
सोमबार दिउँसो करिब १ बजे सुरु भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल घटनास्थल पुगेका थिए ।
आगोले गोदाम पुरै नष्ट भएको छ।
आगलागीको कारण थाहा नभएको र क्षतिबारे विवरण लिने कार्य भइरहेको ललितपुर प्रहरीले जनाएको छ।