दूधमा प्रतिलिटर रु तीन रुपैंया अनुदान दिन थालेपछि माडीमा पशुपालन फष्टाउँदै

भरतपुर । माडी नगरपालिकाले दूधमा अनुदान वृद्धि गरेसँगै चितवनको माडीमा व्यावसायिक पशुपालन फष्टाउँदै गएको छ । नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रतिलिटर दूधमा रु तीन अनुदान दिन थालेको छ । अनुदान दिन थालेपछि व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढेको छ ।
उत्पादनका आधारमा अनुदानको कार्यक्रम शुरु गरेपछि व्यावसायिक रुपमा पशुपालन गर्नेको सङ्ख्या ह्वात्तै बढेको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बताए । माडीस्थित दुग्ध विकास संस्थानका दुई चिस्यान केन्द्रको तथ्याङ्कका अनुसार किसानलाई अनुदान प्रदान गर्न थालिएको हो । दूध उत्पादनका आधारमा ६ महीनामा रु १९ लाख अनुदान वितरण गरिएको उनले बताए ।
‘किसानले रु एक लाखसम्म अनुदान प्राप्त गरेका छन्’, ढकालले भने । नगरपालिकाले किसानको आर्थिक अवस्था सुधार गर्न दूध उत्पादनमा विशेष जोड दिँदै आएको छ । यस वर्ष नगरपालिकाले बाख्राको खोर सुधार, बोयर बाख्रा खरीद र बङ्गुरको खोर सुधारका लागि पनि अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । व्यावसायिक पशुपालनलाई दिगो बनाउन नगरपालिकाले यस वर्ष ३०० बिघा जग्गा भाडामा दिएर घाँसखेती समेत शुरु गरेको नगरप्रमुख ढकालले बताए ।
गत आवमा माडीमा पशुपालनका लागि झण्डै रु ५६ लाख अनुदान प्रदान गरिएको थियो । सो अनुदान गाईभैँसीको गोठ सुधार, बाख्राको खोर सुधार, बङ्गुरको खोर सुधार, घाँसखेती, पशुको कृतिम गर्भाधान लगायतमा प्रदान गरिएको छ । यस वर्ष नगरपालिकाले पशुपालनको क्षेत्रमा रु दुई करोड २८ लाख विनियोजन गरेको छ । सशर्त अनुदानतर्फ रु आठ लाख २० हजार र नगरपालिकाको तर्फबाट रु दुई करोड १८ लाख विनियोजन गरिएको माडी नगरपालिकाका पशुपक्षी शाखा प्रमुख गोपाल अधिकारीले जानकारी दिए ।
‘न्यून आयस्तर हुनेका लागि नगरपालिकाले ‘एकभाइ एक गाई’ कार्यक्रम सञ्चालन गरेको छ’, उनले भने ।’ गोठ निर्माणका लागि रु तीन हजार ५०० हजारसम्म र गाई किन्न रु ४० हजार अनुदान दिइने अधिकारीले बताए । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज माडीका अध्यक्ष सूर्यप्रसाद भुसालले माडीका किसानको सोचमा परिवर्तन आएको बताए । उनले नगरपालिकाको अनुदान र सहज बजारीकरणका कारण पशुपालनमा किसानको आकर्षण बढेको बताए ।
माडीमा दैनिक १० हजार लिटर दूध उत्पादन हुन्छ । गत वर्ष माडीमा डिडिसीले दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूध सङ्कलन गर्ने गरेको थियो । यस वर्ष दैनिक पाँच हजार लिटर दूध सङ्कलन गरिरहेको छ । एक वर्षको अवधिमा दैनिक एक हजार लिटर दूध उत्पादनमा वृद्धि भएको नगरपालिकाले जनाएको छ । माडीमा करीब २०० व्यावसायीक पशुपालक किसान रहेका छन् ।
माघ २८ गते, २०७५ - १५ः३८ प्रकाशितTags
दूधप्रतिकृया लेख्नुहोस्:
-
समायोजन भएका कर्मचारीलाई तत्काल रमाना नदिइने !
प्रशासन विशेष ब्यूरो -
कर्मचारी सरुवा अब चक्रीय प्रणालीबाट
प्रशासन विशेष ब्यूरो -
उपसचिवलाई सरकारको सुविधा : आफ्नो समायोजन पत्र आफैले प्रिन्ट गर्ने !
प्रशासन विशेष ब्यूरो

-
के समायोजन पछि कर्मचारीको मनोबल बढाउन सकिएला ?
रेबति रमण ज्ञवाली -
भेनेजुएलाको पृष्ठभूमि र नेपालको तरंगित राजनीति
पुरुषोत्तम भट्ट -
कर्मचारीमा समायोजनको सातो
रेबतिरमण ज्ञवाली -
सुखद दाम्पत्य जीवनको लागि कुण्डली मिलनको अपरिहार्यता
ज्यो. भीम प्रसाद गुरागाँई -
संघीयता असफल गराउन देखिएका सात परिदृश्यहरू
जीवन न्यौपाने
