समायोजन विधेयकको विरोधमा चिकित्सकहरुको प्रर्दशन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

समायोजन विधेयकको विरोधमा चिकित्सकहरुको प्रर्दशन


२८ माघ २०७५, सोमबार


काठमाडौं । समायोजन विधेयक विभेदकारी भएको भन्दै चिकित्सकहरु विरोधमा उत्रेका छन् । आज सोमबार विधेयकको विरोधमा चिकित्सकहरुले विरोध प्रदर्शन गरेका हुन् । समायोजन विधेयकको विरोधमा भएको शान्तिपुर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै सरकारी चिकित्सकहरुले विरोध प्रदर्शन गरेको चिकित्सकहरुको भनाइ छ ।

विधेयकको दफा ४३ मा नेपाल स्वास्थ्य सेवाका कर्मचारीहरुको समूह वा उपसमूह परिवर्तनको व्यवस्था छ । दफा ४३ को उपदफा ३ अनुसार सरकारको खर्चमा स्वास्थ्य सेवाका कुनै कर्मचारीले अध्ययन गरी विशेष योग्यता हासिल गरेमा उसको सेवा समूह सरकारले परिवर्तन गर्नसक्ने उल्लेख छ ।

सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले सबै चिकित्सकहरुलाई संघीय सरकारअन्तर्गत राखी देशभर परिचालन गरियोस् भनि आन्दोलन गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस