काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले वृद्धभत्ता मासिक ५ हजार पुर्याउने बताएका छन् ।
मन्त्र पोखरेलले चुनावी घोषणा–पत्रमा उल्लेख गरिएको वृद्धभत्ता दिने प्रतिवद्धता सरकारले आफ्नो कार्यकालमै पूरा गर्ने उल्लेख गर ।
काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन समारोहमा बोाल्दै मन्त्री पोखरेलले सरकार आफ्नो प्रतिबद्धताबाट पछि नहटेको बताए । उनले भने, ‘जेष्ठ नागरिकलाई यो कार्यकालमै पाँच हजार वृद्ध भत्ता पुर्याउँछौं, यसबाट अलिति पनि तलमाथि हुँदैन ।’
उनले सरकारले वृद्धहरुका लागि एक लाख रुपैयाँको स्वास्थ्य विमा शुरु गरेको तथा अब मासिक पाँच हजार भत्ता दिने कामलाई पनि शुरु गर्ने बताए । उनले फागुन १ गते ‘प्रधानमन्त्री राजगार कार्यक्रम’ घोषणा गर्न लागेको पनि जनाए ।