सरकारको काममा अवरोध नपुर्‍याऊ : सञ्चारमन्त्री बाँस्कोटा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारको काममा अवरोध नपुर्‍याऊ : सञ्चारमन्त्री बाँस्कोटा


२७ माघ २०७५, आइतबार


काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपुर्‍याउन सबैमा आग्रह गरेका छन् ।

बनेपा नगरपालिका–१० काङ्गलमा आज पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले सरकार क्रमैसँग विकासनिर्माणका काम गरिरहेको बताए । उनले कसैलाई पनि सरकारको काममा डिस्टर्ब नगर्न अनुरोध गरेका छन् । उनले जनतासँग खाएको कसम केही पूरा भएको जिकिर गर्दै बाँकी क्रमैसँग पूरा गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

मन्त्री बाँस्कोटाले नेपाली नागरिकलाई भूमिहीन नबनाउन गाँस, बास र कपास उनीहरुको अधिकार भनेका छन् । उनले भने, ‘जनताका कानून बन्दै गर्छन्, आउँदै गर्छन्, जनता बलिया हुँदै जान्छन्, अनि सुखी नेपाली समृद्ध नेपालको सपना पूरा हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस