दर्शकको मन जित्दै उदाए गायक अमृत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दर्शकको मन जित्दै उदाए गायक अमृत


२७ माघ २०७५, आइतबार


काठमाडौं ।
‘हिँड्छेउ माया तर्की तर्की,
अन्तै माया लाउने मन छर्की,
तिमी जुन, मिती हौ तारा,
हुने हो कि आँशुको नौ धारा’

गायक अमृत खाती र गायिक उमा श्रेष्ठको स्वरमा भर्खरै बजारमा आएको ‘जुनतारा’ एल्बमको नयाँ गीत हो यो । बुधबार बजारमा आएको यो गीत दर्शकले निकै रुचाएका छन् ।

दोलखा जिल्लाको सुस्पा क्षमावती गाविस ९हाल भीमेश्वर नगरपालिका १० मा २०४० मङ्सिर २५ गते जन्मिनु भएका गायक खातीले अहिलेसम्म लोक, प्रगतिशील, आधुनिक, निर्वाचनका गीत गरी १५० भन्दा बढी गीत गाइसकेका छन्।

आफूलाई लोकगायक भन्न रुचाउने गायक खातीले धेरै गीत भने लोक भाकामै गाएका हुन् । उनको ‘शिरबन्दी शिरैमा’ पहिलो एल्बम हो । त्यो गीत पनि लोक भाषामा थियो । गायक खातीले त्यो गीत यसरी सुनाए ।

‘झट्ट हेर्दा स्वर्गकी परी
यो कान्छीको मन पाउनु कसरी,
तरकारी आलु सिमीलाई,
अब मत ज्यान गए छोडदिन मन पर्यो कान्छी तिमीलाई ।’

युवा गायक खातीले आफ्नो जीवनमा धेरै गीत गाउनुभयो । तर उहाँलाई सबैभन्दा मन पर्ने गीत आफ्नो जिल्लाको गीत गाउँदा लागेको छ । जुनमा यस्तो छ,
‘हाम्रै कालिन्चोक,
घुम्न जाउँ सरर, दोलखा चरिकोट’

“यो गीत लेख्दा र गाउँदा जति आनन्द मलाई कहिल्यै आएन, जन्मेको माटोप्रति समर्पित भएर गाएको गीत हो, यो गीत सुन्दा आनन्द लाग्छ,” गायक खातीले भन्नुभयो, “यो गीतले दोलखाको पर्यटकीय, धार्मिक तथा सबै स्थानको बारेमा जानकारी दिएको छ ।” दोलखा प्रत्येक स्थान गीतमा समेटिएको हुनाले यो गीत सम्पूर्ण दोलखालीको मनमा बस्न सफल हुनु भएको छ भने दोलखा जाने पर्यटकलाई राम्रो जानकारी दिएको छ ।

गायक खातीले निर्वाचनका समयमा निर्वाचनसम्बन्धी निकै गीतहरु गाए । वर्तमान केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका नेताका लागि निर्वाचनको गीत गाए । निर्वाचनका गीतमध्ये निकै चर्चित यो गीत बन्यो–
‘भन्छन् सधैँ आमा र बाले,
प्यारो पार्टी नेकपा एमाले ।’
स्थानीय तहका निर्वाचनमा उनले ७८ वटा गीत गाएका थिए । जसमध्ये निकै लोकप्रिय गीत त्यो गीत बन्यो । उनले नेपाली युवालाई नेपालमै व्यवसाय गरेर बस्न प्रेरित गर्ने पनि धेरै गीत गाएका छन् ।
‘गाउँगाउँमा सहकारी थप्दै रोजगारी,
समान हक पाउनुपर्छ,
पुरुष अनि नारी’
चर्चित गायिका मधु गुरुङ र गायक खातीले गाउनुभएको गीत हो त्यो । साना किसानसँग सम्बन्धित भएर उहाँले निकै सहकारीका गीतहरु गाए ।

‘हाम्रो देशको जलस्रोतले सारा नेपाल बल्छ,
दुःख गरे हाम्रो देशमा हीरा मोती फल्छ’
कुरा बुझौँ नेपाली दाजुभाइ,
दिगो शान्ति चाहिएको छ हामीलाई’

चर्चित गायिका जुना प्रसाईं र गायक खातीले गाएको अत्यधिक रुचाइएको गीत ‘ओके छ त’ भन्ने हो । जसलाई धेरैले थेगोका रुपमा प्रयोग गरेका छन् । जुन गीत यस्तो छ ।
चोखो माया तिमीलाई नै गर्छु मत,
ओके छ त छ,
तिमीसँगै जीउछु अनि मर्छु मत ओके छ त’

सुस्पा क्षमावती माध्यामिक विद्यालयमा पढ्दादेखि नै गुरु नवराज शिवाकोटीको प्ररणाबाट साङ्गीतिक क्षेत्र सुरु गर्नुभएका उहाँले २०५७ सालमा एसएलसी पास गरेपछि पनि सङ्गीतको क्षेत्रलाई निरन्तरता दिए । पाटन क्याम्पसमा आइए, मीनभवन नेपाल कमर्श क्याम्पसबाट वीए पढेका गायक खातीले सङ्गीतका यात्रालाई भने छोडेन ।

उपत्यका सांस्कृतिक सङ्गठन, साधना कला केन्द्रमा सङ्गीत सिकेर समानताका लागि सांस्कृतिक अभियानमा पनि उनी लागे । विसं २०५९/६० तिर दोहोरी साँझमा गीत गाउन शुरु गरेर उहाँले औपचारिक रुपमा क्षेत्रमा लागे ।

उनले गीत गाएर नै आफ्नो परिवार पालेका छन् । “खास गीत गाएर कमाइ हुदैन, मेला महोत्वसमा विवाह, पूजा, जात्रामा कलाकार चाहिने संस्कारले कमाउने अवसर बनेको छ”, गायक खातीले भने, “स्टेज कार्यक्रमकै लागि मेची महाकाली पुगेको छु, जिल्लामा म पुगेको छु, सन्तुष्ट छु ।” उनले अहिलेसम्म १५ सयभन्दा बढी स्टेज कार्यक्रम चलाइसकेका छन्।

सङ्गीत यात्रामा नेपालमा मात्र होइन, नेपाली रहेका धेरै विदेशी भूमिका समेत गरेर गीत गाउनु भएको छ । उहाँले इजरायल, जापान, कतार, दुवई, कुवेत, मलेशियामा गएर गीत गाएका छन् ।

सङ्गीतको यात्रामा उनले विन्दबासिनी म्युजिक अवार्ड वर्ष २०७२ उत्कृष्ट गायकको अवार्ड पाए । २०७३ सालमा पाउन म्युजिक अवार्डको बेष्ट कम्पोजरको अवार्ड पाउनुभयो । मलेशियामा भएको इन्टरनेशनल अवार्डमा उत्कृष्ठ लोकदोहरी गायकको अवार्ड पनि उनले हातपारे ।

सङ्गीत रोयल्टी समाजका सदस्य समेत रहेका गायक खातीले लोकगीतबाहेक दुईवटा आधुनिक गीत पनि गाएका छन् । जुन दर्शकले निकै रुचाएका छन । गीत यस्तो छ–
‘किन टाढा हुन्छेउ तिमी,
तिम्रो मन दुखाए कि,
भन्नु पर्ने केही कुरा तिमीसँग लुकाए कि’

लोक र प्रगतिशील गायनमा बढी पोख्त देखिएका गायक खातीको आगामी दिन पनि सङ्गीतका क्षेत्रमा निरन्तरता दिने योजना छ ।

प्रतिक्रिया दिनुहोस