फाल्गुन ७ गते, २०७५

नयाँ व्यवस्थासहित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता हुँदै(विधेयकसहित)

काठमाडौँ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा-सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक केही नयाँ प्रावधानहरूसहित संसदमा दर्ता हुँदैछ ।

सरकारले शुक्रवार पेस गरेको विधेयक समय सीमाका कारण सोही दिन दर्ता हुन नसकेपछि आज(आइतबार) दर्ता हुने भएको हो ।

निजामती कर्मचारीका लागि दोस्रो संविधानसमेत भनिने विधेयकमा केही नौला प्रावधानहरू समावेश गरिएको छ ।

जसअनुसार अब निजामती कर्मचारीलाई पनि नकारात्मक सूचीमा राख्ने प्रावधान राखिएको छ । विधेयकको दफा ३७ मा नकारात्मक सूचीको व्यवस्था गरिएको छ ।

त्यसैगरी सरकारले निजामती कर्मचारीलाई जग्गा खरिद तथा आवास निर्माणका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो व्यवस्था विधेयकको दफा ५१ मा उल्लेख छ ।

सरकारले सचिव पदमा कायम रहेको क्लष्टर सम्बन्धी व्यवस्था हटाएको छ । सहसचिव र सचिवसम्म क्याडरबेसबाट आउन सक्ने भए पनि सचिव भईसकेपछि जो जहाँ पनि जान सक्ने गरी नयाँ व्यवस्था कायम गरेको हो ।

सम्बन्धित समाचार : बढुवामा क्लष्टर, सरुवामा नो क्लष्टर !

निजामती कर्मचारीले सरकारको नीतिको विपरीत हुने गरी बोल्न नहुने व्यवस्था दफा ७५ मा उल्लेख छ तर सोही दफाको उपदफा २ अनुशार प्रचलित कानुन र नेपाल सरकारको नीतिको विपरीत नहुने गरी गरी लेख प्रकाशन वा प्रसारण गर्न वाधा नपुग्ने उल्लेख छ ।

त्यस्तै सरकारले सामूहिक राजीनामा स्वीकृत गर्न सक्ने नयाँ व्यवस्था ल्याएको छ । विधेयकको दफा १२१ मा ‘निजामती कर्मचारीले सामूहिक राजीनामा दिएमा सम्बन्धित निकाय वा अधिकारीले त्यस्तो राजीनामा सम्बन्धित निजामती कर्मचारीले दिएको यकिन गरी स्वीकृत गर्न सक्नेछ’ भनिएको छ ।

हेर्नुस बिधेयक

 

माघ २७ गते, २०७५ - ०७ः४६ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg