कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल : अध्यक्ष केसी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल : अध्यक्ष केसी


प्रशासन संवाददाता

२६ माघ २०७५, शनिबार


खस्यौली । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको बताएका छन् ।

आज बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उनले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्ने र त्यो पनि नसके निरङ्कुशता ल्याउने प्रपञ्च भएको छ भने ।

अध्यक्ष केसीले संघीय प्रणालीले मुलुक अस्तव्यस्त भएकाले विदेशी हस्तक्षेप बढेको उल्लेख गर्दै गणतन्त्रमाथि कालो बाँदल मडारिएको बताए । राजनीतिक दलले हरेक ठाउँमा भागबण्डा गरेर भ्रष्टाचारलाई प्रोत्साहित गरेको आरोप लगाउँदै उनले नीतिगत भ्रष्टाचार अहिले झन बढेको दाबी गरे ।

मुलुकमा रेमिट्यान्स भित्र्याएर तीन तहको सरकार सञ्चालन नहुने उल्लेख गर्दै अध्यक्ष केसीले संघ र स्थानीय तहबाहेक प्रदेशको कुनै भूमिका नभएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस