देशभर वर्षा : दिउँसोदेखि मौसममा केही सुधार हुँदै जाने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

देशभर वर्षा : दिउँसोदेखि मौसममा केही सुधार हुँदै जाने


प्रशासन संवाददाता

२६ माघ २०७५, शनिबार


काठमाडौं उपत्यकामा बिहानैदेखि मेघ गर्जनसहित पानी परिरहेको छ।

यसैगरी देशका अधिकांश स्थानको आकाश धुम्मिएको छ। धेरै ठाउँमा मौसम बदली भएर पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मेघ गर्जनसहित सामान्य वर्षा हुने र केही ठाउँमा मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताइन्। कतिपय ठाउँमा चट्याङ, असिना पानी र हावहुरीको समेत सम्भावना रहेकाले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन उनले आग्रह गरिन्।

पश्चिमी वायुको प्रभावका कारण देशका प्रायः सबै ठाउँमा तीन दिन देखि मौसम बदली भएर पानी परिरहेको हो ।

‘शनिबार दिउँसोदेखि भने पश्चिमी भेगबाट मौसममा सुधार हुँदै जानेछ’, मौसमविद नगरकोटीले भनिन्, ‘काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रको मौसम सुधार हुन भोलिसम्म कुर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस