चाडै पठाइदेऊ बरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चाडै पठाइदेऊ बरु


प्रशासन विशेष ब्युरो

२६ माघ २०७५, शनिबार


चाडै पठाइदेऊ बरु

कठै जिन्दगी,
जागिर जाने भन्ने डरले
२१ दिनभित्रै फर्म भरेर
त्यसपछि के के हुन्छ भन्दै
कुरेर बसेका हामी,
जसरी
छोराले बुहारी भित्राइ
अंश खाइसकेपछी
कुन दिन वृद्राआश्रम जान पर्न हो भनी
कुरेका बुढा बाआमाको हालत जस्तै।।

खै,
के गर्न लागेको हो यो सरकारले,
जबरजस्त बिहे गराइएकी चेलीलाई पनि
भोलि जालिस् भोलि जालिस् भनी टारिरहेछ।
अब कर्ममा यस्तै रहेछ भन्दै,
जसरी पनि घर खान पर्छ भनी,
मन बुझाएर हिँड्न लाएकी चेलीलाई
किन रोक्दै छौ ए माइती सरकार ?

बरु,
चाडै पटाइदेऊ माइतीको आँगन पोलेर,
सुख, दुख जे पर्छ त्यतै गएर सहौला,
तितो मीठो जे दिन्छन् तेहि खाएर बाचौला
यता थाङ्ना लागाउथ्यौ उता झन् च्यातिएका लगाउला,
अधिकार र वृति विकासका होइन
गाए नि विरहकै गीत गाउला
अरू त कमानै चित्त बुझाउन सक्थ्यौ र हामी,
त्यही जनतालाई दिने सेवामा नै चित्त बुझाउला,
बरु छिटो अन्माइदेउ छिटो प्रिय माइती,
चाडै नयाँ घर जाउला….

प्रतिक्रिया दिनुहोस