कविता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कविता


प्रशासन विशेष ब्युरो

२६ माघ २०७५, शनिबार


कविता

न्याय पाइएला भनेर
हिजो बन्दुक बोकियो
यही न्यायका लागि
बलिदानी पनि गरियो ।

सपनाको बोट हुर्कियोस् भनेर
अलिकति बाँकी थियो सुख
अलिकति थियो हाँसो
सिङ्गै बाँकी थियो सम्भावना
ती सब सब हिजो त्यागियो ।।

त्यागै त्यागको विरासतले
सामन्ती सत्ता ढल्यो
जनताले घरघरमा दीपावली गरे
खुसी मनाउँदै परिवर्तनको स्वागत गरे
एउटा युगको सुरुवात भनियो
जनताको घर दैलोमा खुसी छायो ।।।

तर विडम्बना यस पटक पनि
टिकेन त्यो खुसी धेरै दिन
बाँच्न सकेन आशा धेरै पल
जब भण्डारको साँचो
खोजी खोजी ढाडे बिरालोलाई दिइयो
कुखुराको पहरेदारीमा
मलस्याप्रोलाई नै खटाइयो
तब ती युगिन आशाहरू
मिठा मिठा सपनाहरू
समृद्धि र सुखका कल्पनाहरू
भुतु भुतु,
पलपलमै मारिए
निमेषभरमै निमोठिए
जिन्दगीहरू एकाएक स्वप्न विहीन पो बनाइए ।।।।

प्रतिक्रिया दिनुहोस