प्रिय भ्यालेन्टाइन ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रिय भ्यालेन्टाइन !


प्रशासन विशेष ब्युरो

२६ माघ २०७५, शनिबार


प्रिय भ्यालेन्टाइन !

प्रिय, भ्यालेन्टाइन !
फेशनमा बहकिएर प्रेम प्रकट होइन,
न त तिम्रो शरीरमा संवेदना प्रकट हो
रेडिमेडका कार्ड फगत लाग्छ !!

प्रिय, भ्यालेन्टाइन !
उत्तेजित हुँदै कामुक जोडी होइन
न त हातले बनाइएको मुटु कार्ड,
प्रणय सम्मान, स्नेह र सहयोग
प्रशस्त साहस फुल्न दिनु !!

प्रिय, भ्यालेन्टाइन !
प्रेम प्राकृतिक, स्निग्ध कुरा
पुरै पृथ्वी नै एउटा देश,
हरेक मानव यसका नागरिक
स्वार्थको सदैव बेखबर !!

प्रिय, भ्यालेन्टाइन !
महँगा फेसनमा रुचि राख्ने प्रेमिका होइन
माया त अञ्जान तागत, अञ्जान शक्ति,
केवल कोमल हृदयभित्रको भावना
पल-पल वसन्त नै वसन्त !!

प्रिय, भ्यालेन्टाइन !
प्रणय त रोमियो जुलिएट
अनि मुमताज र शाहजाँह,
संसारमै अनुपम उत्कृष्ट
ती व्यक्त प्रेम थिएनन्, अव्यक्त केवल !!

प्रिय, भ्यालेन्टाइन !
भगवानले धरती बनाउनुभयो
तर मानवले सीमारेखा बनाए,
र सीमारेखा दिन प्रतिदिन बढिरहे
स्वार्थमा जिइरहेकाहरू !!

प्रिय, भ्यालेन्टाइन !
उकुस-मुकुसबाट टाढा हुनु
फुल्छ यदि तिमी पलपल जिउँछौ,
खुला आकाशले तिमीलाई प्रेमिल बनाउनेछ
ती हाम्रो मायालाई देखेर आश्चर्यमा पर्नेछन् !!

Tags :
प्रतिक्रिया दिनुहोस