समायोजनका लागि अधिकृतहरूको टुङ्गो लाग्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

समायोजनका लागि अधिकृतहरूको टुङ्गो लाग्यो


प्रशासन विशेष ब्युरो

२६ माघ २०७५, शनिबार


समायोजन

काठमाडौँ । समायोजनका लागि प्रशासन सेवाका शाखा अधिकृतहरूको सूची अन्तिम चरणमा पुगेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुशार टुंगो लागिसकेको र आइतबार निर्णय हुने जानकारी दिएको छ ।

‘सचिवज्यू बिदामा भएकोले निर्णय नै त भएको छैन,’ मन्त्रालयका प्रवक्त्ता तथा निमित्त सचिव सुरेश अधिकारीले भने, ‘प्रशासनका शाखा अधिकृतहरूको निर्णय आइतबार हुन्छ ।’

कुल दुई हजार आठ सय ८९ शाखा अधिकृतमध्ये ४ सय ५६ शाखा अधिकृतले प्रदेश र स्थानीय तह रोजिसकेका छन् । स्रोतका अनुशार ३ सय ५० जना शाखा अधिकृतले प्रदेश रोजेका छन् भने स्थानीय तह रोज्नेको सङ्ख्या एक सय ६ रहेको छ ।

सम्बन्धित समाचार : प्रशासनका ४५६ शाखा अधिकृतले रोजे प्रदेश र स्थानीय, उपसचिव १२ जना

प्रशासन सेवासँगै अन्य सेवा/समूहका अधिकृतहरूको पनि विवरण तयार पार्ने कार्य तिव्ररुपमा अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस