फाल्गुन ७ गते, २०७५

बाँध भत्किँदा ज्यान गुमाउने सङ्ख्या १५० पुग्यो

रियो डे जानेरो । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेका छन् । ती समेत गरी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५० पुगेको बताइएको छ ।

उक्त दुर्घटनामा परी अझै पनि १८२ व्यक्ति वेपत्ता रहेका यहाँको प्राकृतिक प्रकोप विभागले जानकारी दिएको छ ।

यस घटानामा ज्यान गुमाउने र वेपत्ता भएका व्यक्तिको पछिल्लो विवरण नागरिक प्रतिरक्षा निकायले बुधबार सार्वजनिक गरेको बताइएको छ ।

यसअघि दिइएको जानकारीअनुसार करिब ३०० व्यक्ति हराइरहेका थिए । बेपत्ता भएका व्यक्तिका शवहरु फेला परेपछि सो सङ्ख्या १५० पुगेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

यस घटनामा फसेका करिब १९२ व्यक्तिलाई जिवीतै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फ्भिओ गडइनडोले बताएका छन् ।

बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस शहरका करिब ३९ हजार जनसङ्ख्या प्रभावित भएका छन् । बाँध भत्किएको यस इलाकामा करिब ४ सय उद्धारकर्ता लगातार उद्धारकार्यमा लागिपरेका बताइएको छ ।

उद्धार प्रयास निरन्तर भइरहेको भए तापनि घटनामा परेका व्यक्तिहरू जिवितै उद्धार गर्ने आशा झिनो बन्दै गएको मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई बताएका छन् ।

यहाँको एक ठूलो बाँध फुटेर एक्कासी ठूलो मात्रामा शहर र नजिकैको बस्ती, सडक, तरकारी तथा अन्य बालीमा पसेको थियो ।

त्यस बाढीले केहीलाई बगाएको र कतिपय डुबेर पुरिएका थिए । यस बाँधका कारण निकै ठूलो संख्याका नागरिक प्रभावित भएका अधिकारीले जनाएका छन् ।रासस/सिन्ह्वा

माघ २४ गते, २०७५ - १६ः०३ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg