समायोजन भएका कर्मचारीलाई तत्काल रमाना नदिइने ! « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

समायोजन भएका कर्मचारीलाई तत्काल रमाना नदिइने !


प्रशासन विशेष ब्युरो

२४ माघ २०७५, बिहिबार


समायोजन

काठमाडौँ । संघमा समायोजन भएका स्थानीय तथा प्रदेश तहमा कार्यरत कर्मचारीलाई तत्काल रमाना नदिइने भएको छ ।

‘संघमा समायोजन भए पनि तत्काल रमाना नदिइने भएको छ,’ उच्च स्रोतले प्रशासनलाई भन्यो, ‘केही समयका लागि जो जहाँ बसेको छ त्यही काम गर्ने भन्ने निर्णय भएको छ ।’

तर प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीको हकमा भने यो व्यवस्था लागू हुने छैन ।

अहिले समायोजन हुँदा धेरैजसो सेवा/समूहमा संघको दरबन्दी फूलफिल हुने र प्रदेश तथा स्थानीय तहमा रिक्त हुने देखिएकोले दैनिक सेवा प्रवाह प्रभावित नहोस् भन्नका लागि संघबाट प्रदेश तथा स्थानीयमा खटाउने तर प्रदेश र स्थानीयबाट संघमा आउन केही समय लाग्ने उनको भनाई छ ।

उक्त निर्णय अनुशार हिजो प्रदेश र स्थानीय तहका कामकाजका लागि खटाइएका कर्मचारी अब सङ्घमा समायोजन हुँदा पनि ६ महिनासम्म फर्किन पाउने छैनन् ।

स्रोतले भन्यो, ‘ती कर्मचारी संघमा समायोजन भए पनि प्रदेश र स्थानीय तहमा पदपूर्ति नभएसम्म वा अन्य तवरले जनशक्ति व्यवस्थापन नभएसम्म तत्काललाई छ महिनाका लागि काजमा खटाएर काम गराउने भन्ने निर्णय भएको छ,’

उनले संघको केही दरबन्दी रिक्त गरेर भए पनि स्थानीय र प्रदेशमा पठाउने भन्नेसमेत निर्णय भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस