म्यानचेस्टर सिटी शीर्ष स्थानमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

म्यानचेस्टर सिटी शीर्ष स्थानमा


२४ माघ २०७५, बिहिबार


एजेन्सी । म्यान्चेष्टर सिटीले बुधबार राति एभर्टनमाथी २–० को नतिजा निकाल्दै शीर्ष स्थानमा पुगेको छ । डिसेम्बर १६ पछि पहिलो पटक शीर्ष स्थानमा उक्लन सफल सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यसले कहिल्यै हरेस खान नहुने बताए ।

एक साताअघि ५ अंकले पछि रहेको लिभरपुलले लगातार बराबरी खेलेपछी गोलअन्तरमा पछि पार्दै सिटी शीर्ष स्थानमा उक्लिएको जनाइएको छ। दोस्रो स्थानको लिभरपुलसंग समान अंक भएपनि गोल अन्तरका आधारमा सिटी शीर्ष स्थानमा उक्लिएको हो । योर्गान क्लोपको लिभरपुलले शनिबार बर्नमाउथबिरूद्ध घरेलु मैदानमा खेल्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस