रदीप र भुवनको जोडी सेमिफाईनलमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रदीप र भुवनको जोडी सेमिफाईनलमा


प्रशासन संवाददाता

२३ माघ २०७५, बुधबार


ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भुवन श्रेष्ठको जोडी नवौं बबिन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईलनमा प्रवेश गरेका छन् ।

किङ्ग कम स्पोर्टस् क्लब, भिमसेनगोलको आयोजनामा भएको प्रतियोगिताको क्वाटरफाईलनमा महर्जन श्रेष्ठको जोडीले आयोजकका राजु रायमाझी र बिजय थापाको जोडीलाई २१–१३, २१–१३ को समान अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

अर्को खेलमा तीनचुली ब्याडमिन्टन क्लबका अभिशेष गुरुङ्ग र आकाश छन्त्यालको जोडीले योङ्ग स्टार ललितपुरका सुमन शाक्य र सुनिल शाक्यको जोडीलाई २१–१९, २१–११ को सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेशका लागि रिमिक्सका रदीप र भुवनको जोडी संग सामना गर्ने भएका छन् ।

यसका साथै सेमिफाईनल समिकरण पुरा भएको छ । मंगलबार सम्पन्न खेलबाट कम्प्लिट हेल्थ क्लब, बानेश्वरका पेम्बा शेर्पा र लोक लामाको जोडी तथा देउराली क्लबका हिमांशु श्रेष्ठ र थम रानाको जोडी पनि सेमिफाईनल प्रवेश गरि सकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस