कर्ण शाक्यको कोष सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्ण शाक्यको कोष सार्वजनिक


प्रशासन संवाददाता

२२ माघ २०७५, मंगलबार


काठमाडौं । प्रसिद्ध पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यद्वारा लिखित ‘कोष’ पुस्तकको आज सार्वजनिक गरिएको छ । सोच, खोज, म सक्छुलगायतका प्रेरणादायक पुस्तक लेखी चर्चित बनेका शाक्यको नयाँ पुस्तक कोषमा पनि नेपाली जनजीवनको यथार्थ चित्रण गरिएको छ ।

समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेल, साहित्यकारद्वय प्रकाश सायमी र डा.गीता त्रिपाठीले सो पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा लोकापर्ण गरेका छन् ।

सो अवसरमा समता शिक्षा निकेतनका सञ्जेलले लोकतन्त्रको संस्थागत विकासका लागि शिक्षा अपरिहार्य रहेको भन्दै आमजनताको पहुँचमा भन्दा कम लागतमा गुणस्तरीय शिक्षा पुर्‍याउने उद्देश्यले सबै जिल्लामा ८० वटा र विश्वका १२ वटा देशमा पनि समता स्कूल स्थापना गरेको जानकारी दिए ।

साहित्यकार डा त्रिपाठीले नेपालमा साहित्य र राजनीतिलाई अलग्याएर हेर्ने गरिएकाले राजनीति परिणाममुखी बन्न नसकेको बताउँदै आज लोकार्पण गरिएको कोष पुस्तकले नेपालको कर्मयोगका बारेमा सिकाउने छ भने ।

पुस्तकका लेखक शाक्यले कुराले नभई कर्मले नै मानिसलाई सफल बनाउने बताउँदै कोष पुस्तकले हरेक व्यक्तिलाई आशा, विश्वास र भरोसा जागृत गराउनेछ भने । समस्यासँग भागेर नभई जुधेर समाधानका विकल्प पहिल्याउन सकेमात्रै जीवन सार्थक हुने बताउँदै उनले हरेक नागरिकमा राष्ट्रप्रतिको कर्तव्यबोध नहुँदा नै नेपालले आर्थिक प्रगति गर्न नसकेको हो भने । फाइन प्रिन्टर्सले प्रकाशनमा ल्याएको सो पुस्तकको मूल्य रु ५०० रहेको छ ।

प्रतिक्रिया दिनुहोस