क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने मन्त्रीपरिषदको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने मन्त्रीपरिषदको निर्णय


२२ माघ २०७५, मंगलबार


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सरकारले जनही ५लाख नगदसहित सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिए ।

युएईविरुद्धको एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला जितेको नेपाली टोलीलाई सरकारले नगदसहित सम्मान गर्ने घोषणा गरेको हो ।

आज आयोजित एक कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलाडीहरुको योगदानको उचित सम्मान गर्न पूर्वाधार विकासमा जोड दिइएको बताएका छन् । उनले नयाँ पुस्तालाई खेलकाुदक्षेत्रमा आकर्षित गर्न खेलकुद क्षेत्रको विकास गर्ने बताए ।

उनले ्नेपाली टिमले एक पछि अकर्को सफलता हासिल गर्दै गएकामा खुसी व्यक्त गरेका छन् ।

युएईविरुद्ध नेपालले ३ खेलको एकदिवसीय र ३ खेलकै टी–२० सिरिज समान २–१ ले जितेको थियो। दुवै सिरिज सुरुवाती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले २ सिरिज आफ्नो पक्षमा पारेको थियो। नेपालले पहिलो पटक एकदिवसीय र टी–२० शृङ्खला जितेको हो।

प्रतिक्रिया दिनुहोस