नेपाल टेलिकमको फोरजी सेवा : देशभर विस्तारका लागि सम्झौता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपाल टेलिकमको फोरजी सेवा : देशभर विस्तारका लागि सम्झौता


प्रशासन विशेष ब्युरो

२० माघ २०७५, आइतबार


नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि सम्झौता भएको छ । संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधीनमा रही सो सम्झौता गरिएको हो ।

फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क र्‍यानको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता सम्पन्न भएको हो ।

छुट्टाछुट्टै सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

नेपालभर ६५ लाख क्षमताको फोरजीरएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा र्‍यान नेटवर्क तयार गरिने छ । यसका लागि मुख्य कोर नेटवर्क काठमाडौँ र बुटवलमा रहने छ ।

र्‍यान नेटवर्क अन्तर्गत नेटवर्क -१ र नेटवर्क -२ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । सम्झौता पश्चात् एक वर्ष भित्रमा परियोजना सम्पन्न हुने छ ।

नेपाल टेलिकमले मुलुक मै पहिलो पटक मिति २०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजीरएलटीई सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भए पश्चात् टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरले को रूपमा सञ्चालन गरी ग्राहकलाई आ(आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरू छनोट गर्ने अवसर प्राप्त हुनेछ ।

यसबाट मुलुकभर द्रुत गतिको डाटा, भ्वाइस र मल्टिमिडिया सेवा विस्तार तथा कभरेज र क्यापिसिटीका लागि स्मार्ट सेल विथ वाइफाइ विस्तार गर्न सकिने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस