दिनभरि कुर्दा पनि उपसचिवले प्रिन्ट गर्न पाएनन् समायोजन पत्र ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दिनभरि कुर्दा पनि उपसचिवले प्रिन्ट गर्न पाएनन् समायोजन पत्र !


प्रशासन विशेष ब्युरो

२० माघ २०७५, आइतबार


समायोजन पत्र

काठमाडौँ । उपसचिवहरूलाई आजदेखि दिने भनिएको समायोजन पत्र साँझसम्म पनि प्रिन्ट हुन सकेको छैन ।

आज(आइतबार)देखि उपसचिवहरूले आफ्नो समायोजन पत्र आफै प्रिन्ट गर्न सक्ने भनिएपनि दिनभरि कुर्दासमेत पत्र प्रिन्ट गर्न पाएनन् ।

सम्बन्धित समाचार : उपसचिवले आज समायोजन पत्र पाउने

दुई दिन अघिदेखि नै आइतबारदेखि हुने भनिएको तर साँझसम्म पनि हुने/नहुने केही जानकारी नभएपछि उपसचिवहरू अन्योलमा परेका छन् ।

आफ्नो पत्र आफैले प्रिन्ट गर्न पाउने भनेको थियो एक उपसचिवले प्रशासनसँग भने, तर कहीँ कतै अप्सन नदेखिएपछि अन्योल भयो ।

सम्बन्धित समाचार : उपसचिवलाई सरकारको सुविधा : आफ्नो समायोजन पत्र आफैले प्रिन्ट गर्ने !

यसबारे मन्त्रालयका अधिकारीसँग बुझ्न खोज्दा कसैले पनि फोन उठाएनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै जानकारी नगराउँदा र बुझ्न खोज्दा फोनसमेत नउठाएपछी उनीहरू आक्रोशित बनेका छन् ।

कैयूँले सफ्टवेयरको विश्वसनीयता र उच्च प्रशासकको नियतमाथि नै शङ्का व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस