गजल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गजल


प्रशासन विशेष ब्युरो

२० माघ २०७५, आइतबार


गजल

मान्छेसँग छुरा भन्दा लाग्ने धार हुँदाेरैछ
यही धारले मुटु रेटी~वार पार~हुँदाेरैछ

बाहिर देख्दा सबै उस्तै उस्तै लाग्छन् किन
भित्र तर मान्छे पिच्छे फरक सार हुँदाेरैछ

उस्तै उस्तै पिर व्यथा तर फरक सोच किन
सुन्दर मनको सोच पनि तिरस्कार हुँदाेरैछ

धेरै आए यात्रा बिच उही रूपका यात्रीहरू
त्यही भेट कतै घृणा कतै उपहार हुँदाेरैछ

रीतै हाेकि जिन्दगीको बल्झिबल्झि थाक्नुपर्ने
यसैले त बाँचुन्जेली~घात~बार बार हुँदाेरैछ

प्रतिक्रिया दिनुहोस