जापानको निवृत्तिभरण कोषमा अर्बौं डलर नोक्सानी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जापानको निवृत्तिभरण कोषमा अर्बौं डलर नोक्सानी


१८ माघ २०७५, शुक्रबार


टोकियो । जापानको सार्वजनिक निवृत्तिकरण कोषमा पहिलो चौमासिक अवधिमै १३५ अर्ब डलर नोक्सानी भएको छ । विश्वमै सबैभन्दा ठूलो कोष मानिएको जापानको निवृत्तिभरण कोष विश्वव्यापी रुपमा शेयर बजारमा आएको मन्दीसँगै यतिठूलो नोक्सान भएको हो ।

सरकारी निवृत्तिभरण लगानी कोषले गत वर्ष सन् २०१८ को अक्टोबरदेखि डिसेम्बरको चार महिनाको अवधिमा करिब ९ दशमलब १ प्रतिशत नोक्सानी भएको जनाएको छ ।

गत वर्ष सन् २०१८ को अन्तिम चौमासिकमा विश्व शेयर बजार केही खस्किएको थियो । खासगरी, एक महिनाभन्दा बढी समय अमेरिकी सङ्घीय कार्यालयहरु आंशिक बन्द भएका र अमेरिका–चीन व्यापार युद्धले विश्वव्यापी तनाब सिर्जना गरेका कारण शेयर बजारमा अनिश्चय छाएको थियो ।

“अक्टोबरदेखि डिसेम्बरको चौमासिक अवधिमा अनिश्चित बनेको विश्व आर्थिक तथा कर्पोरेट परिदृश्यका कारण घरेलु र अन्तर्राष्ट्रिय शेयर बजार निकै ओरालो लाग्यो,” कोषका अध्यक्ष नोरिहिरो ताकाहासीले एक विज्ञप्ति प्रकाशन गरेको छ ।

यद्यपी, उनले कोषमा दिर्घकालीन लगानीकर्ताहरु रहेका र उनीहरुले वर्षमा औसतमा २ दशमलब ७३ प्रतिशत नाफा कमाउन सफल रहेको बतए।

जापानी निवृत्तिभरण कोषमा १५० ट्रिलियन येनभन्दा बढी रकम रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस