विद्युत प्राधिकरणका उप–प्रबन्धक चौधरीविरुद्ध २ करोड १४ लाखको भ्रष्टाचार मुद्धा दायर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विद्युत प्राधिकरणका उप–प्रबन्धक चौधरीविरुद्ध २ करोड १४ लाखको भ्रष्टाचार मुद्धा दायर


१८ माघ २०७५, शुक्रबार


अख्तियार

काठमाडौं । नेपाल विद्युत प्राधिकरण का उप–प्रबन्धक विजयकुमार चौधरी विरुद्ध २ करोड १४ लाखको भ्रष्टाचार मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उप–प्रवन्धक चौधरीले गैरकानुनी रुपमा २ करोड १४ लाख ५८ हजार ८ सय ३४ रुपैयाँ १४ पैँसा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

‘भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ दफा १६ ‘ग’ तथा दफा २९ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजाय हुन र निजले भ्रष्टाचार गरी गैरकानूनी रुपमा आर्जन गरेको चल अचल सम्पत्तिहरु साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ’, आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

अख्तियारले चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती प्रियंका कुमारी चौधरी लगायतको नाममा बदनियतसाथ राखेको देखिन आएकोसमेत ठहर गरेको छ। सो गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न समेत आरोप–पत्रमा माग गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस