वरिष्ठ कलाकार बिएस राणाको निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वरिष्ठ कलाकार बिएस राणाको निधन


१८ माघ २०७५, शुक्रबार


काठमाडौं । वरिष्ठ कलाकार बिएस राणाका निधन भएको छ । उनको ७७ वर्षको उमेरमा शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि एक हप्ता अघि अस्पताल भर्ना गरिएको थियो ।

राणाले २०४१ सालमा चलचित्र ‘अन्य’ बाट अभिनय सुरु गरेका थिए । उनले कोसेली, चिनो, दक्षिणा, दुई थोपा आँसु, नेपाली बाबु, करोडपति, अपराध, माया त माया हो, वसन्ती, देश, कसले र्चोर्यो मेरो मन, सेतो बाघ, दासढुंगा लगायतका दर्जनौं चलचित्रमा अभिनय गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस