गायक सुदन गैरेको ‘सानी’ सार्वजनिक (भिडियोसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गायक सुदन गैरेको ‘सानी’ सार्वजनिक (भिडियोसहित)


प्रशासन संवाददाता

१७ माघ २०७५, बिहिबार


सुदन गैरे नेपाली म्युजिक इन्डस्ट्रीमा नयाँ नाम पक्कै होइन चितवनमा जन्मिएका यी गायकलाई गीत संगीतमा सानै देखि रुचि थियो । काठमाडौंमा फाइन आर्ट कलेज पढ्दा नै उनले आफ्नो म्युजिकल करिएर सुरुवात गरेका थिए ।

यसअघि ३ वटा म्युजिक एल्बम सार्वजनिक गरिसकेका यी गायकले केही वर्ष यता सोलो गीतहरु सार्वजनिक गर्दै आएका छन् ।

उनी आफ्नो नयाँ गीत सानी लिएर दर्शक सोर्ता माझ आएका छन् । भिडियो रिलिजको २ दिनमा २ लाख दर्शकको साथ यो गीतले पाएको छ।

उनको आफ्नै एकल स्वर र संगीत रहेको यस गीतमा प्रतिमा शर्माको शब्द रहेको छ भने आशिष अविरलको संगीत सयोजन रहेको छ। उत्सव दहालले खिचेको यस गीतको भिडियोलाई गम्भीर बिस्टले कोरियोगार्फ गरेका हुन।

म्युजिक भिडियो र फिल्ममा चर्चित कलाकार पल शाह र एलिशा राईको अभिनय भिडियोमा देख्न सकिन्छ । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो।

हेर्नुस् भिडियोसहित : 

प्रतिक्रिया दिनुहोस